शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड प्रभावित कृषि पर्यटनदेखि विकास निर्माणमा बजेट केन्द्रीत गर्न महासंघको सुझाव (पूर्णपाठ)

आइतबार, १२ वैशाख २०७८, १८ : २२
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार औपचारिक कार्यक्रमको आयोजना गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेट तयारीको सुझाव दिएको छ । निजी क्षेत्रको तर्फबाट महासंघले सरकारलाई सुझाव दिँदै आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका आधारमा ६ क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गरेको हो । 

कोभिड–१९ को आर्थिक प्रभाव मुलुकको अर्थतन्त्र छिटोभन्दा छिटो माथि उकास्न र विकासको गतिमा अघि बढ्न सरकारले कृषि, पर्यटन, पूर्वाधार विकाससँगै निजी क्षेत्रको उत्थानका लागि राहत र पुनरुत्थानको कार्यक्रमहरु समेत ल्याउन आग्रह गरेको छ । 

आइतबार राजधानीमा जुम मिटिङमार्फत सुझाव पेस गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको कृषि क्षेत्रको सुधारका लागि कृषि इकोसिस्टमको पूनःसंरचना गर्नुका साथै एक स्थानीय तह एक कृषि बजार र भण्डारण केन्द्रको समेत स्थापना गर्नुपर्नेमा जोड दिएको छ । 

त्यस्तै, महामारी नियन्त्रण एव्ं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम, सार्वजनिक सेवामा प्रविधि र सुशासन, औद्योगिक पूर्वाधार विकास, रुग्ण उद्योगहरुको पुनरुत्थान, स्टार्ट अप प्रवद्र्धनका कार्यक्रमहरु, सम्पत्ति अभिलेखीकरण लगायत निर्यात प्रवद्र्धनमा समेत विशेष जोड दिन महासंघले सरकारसँग माग गरेको छ । 

यस्तो महासंघको सुझावको पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप