शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट फोटोग्राफीका लागि चर्चित ‘ओपो एफ१९ प्रो’का लोकप्रिय ३ विशेषताहरु

सोमबार, १३ वैशाख २०७८, १४ : १३
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ ह्यान्ड सेट ‘ओपो एफ१९ प्रो’ नेपालमा सार्वजनिक गरेको छ ।

छोटो अवधिमै निकै लोकप्रिय उक्त ह्यान्ड सेटका अल्ट्रा/स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधिले प्रयोगकर्तालाई प्रिमियम डिजाइन प्रदान गरेको छ । साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३० वाट भोक फ्ल्याश चार्ज ४.० लगायत विशेषताका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गर्दै आइरहेको छ । उपभोक्ताले निकै रुचाएको यो ह्यान्ड सेटबारे उपभोक्ताहरूले प
प्रतिक्रिया पनि दिएका छन् । 

उत्कृष्ट फोटोग्राफी, आकर्षक भिडियो 

एफ१९ प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड(एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी मोनो क्यामेराका साथमा काम गर्छ । 

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रन्ट–फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो ब्यवस्था गरेको छ ।

एफ१९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध छ । फोटोग्राफी भ्यारियन्टमा एआई कलर पोटे«ट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै, एफ१९ प्रोले ब्याकग्राउन्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ । 

फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत इफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ । त्यसैगरी एआई कलर पोटे«ट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ । 

तिब्र चार्जिङ सुविधा सहितको टिकाउ ब्याट्री

तिब्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९ प्रोमा लामो समयसम्म टिक्ने ४३१०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा युट्यूब हेर्न सकिन्छ । एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढुक्क भई १६ घण्टासम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

शक्तिशाली प्रोशेसरका साथै एफ१९प्रोमा गेमिङको मज्जाका लागि स्मुथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डि¥याकद्वारा सञ्चारित रियल एचडी साउन्ड सुविधा पनि उपलब्ध छ । गेमर्सलाई विशेष ध्यानमा राखि ओपो एफ१९ प्रोमा गेमिङको मज्जा र मनोरञ्जन प्रदान गर्न गेम फोकस मोड, क्विक स्टार्टअप, गेम फ्लोटिङ विन्डो र बुलेट स्क्रिन म्यासेज लगायत फिचर्स पनि उपलब्ध छन् ।

कलरओएस ११ः तिब्र मल्टि टास्किङको मज्जा 

ओपो एफ१९ प्रोमा मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखि विभिन्न सुविधाहरु उपलब्ध छन् । उदाहरणका लागि कुनै एप चलाइरहेको अवस्थामा त्यसलाई बन्द नगरिकन ह्वाट्स एप म्यासेजमा रिप्लाइ गर्नु पर्ने अवस्था हुँदा फ्लेक्स ड्रप फिचरको प्रयोग सकिन्छ । कार्यालयमा कार्यरत प्रयोगकर्ताहरुका लागि डक्यूमेन्ट्स शेयरिङमा सहजता प्रदान गर्न एफ१९ प्रोमा नियरबाई शेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओपो प्रयोगकर्ताहरुलाई सिधै फाइलहरु सेयर गर्न सकिन्छ । 

गोपनियताको सुरक्षा 

ओपो एफ१९ प्रोमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पूर्णः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको ब्यवस्था गरिएको छ । फोन राखेको स्थान विर्सने तथा हराउने सम्भावना बोकेका मानिसका लागि यसमा ब्यक्तिगत मिडिया तथा फाइलका लागि ओपोको प्राइभेट सेफ सुविधा पनि उपलब्ध छ । प्राइभेट सेफको माध्यमबाट हेट्याप क्लाउड एक्सेस गरी हराएको फोनमा रहेका आफ्ना ब्यक्तिगत डाटा पूणः प्राप्त गर्न सकिन्छ । 

ओपो एफ१९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी २ रंगमा उपलब्ध छन् । ८ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमता सहितको एफ१९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप