निषेधाज्ञाको संकेत देखिएसँगै बुद्ध एयरद्धारा थप उडानको घोषणा
काठमाडौं । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाएको छ ।
सोमबार उपत्यका स्तरिय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यका भित्रका सार्वजनिक यातायातका साधनसँगै निजी सवारी साधन र अत्यावश्यक खाद्यान्न र औषधि पसलहरु बाहेक सबै पसल, बजार समेत बन्द गर्ने निर्णय गरेसँगै बुद्ध एयरले आफ्नो साविकको गन्तव्यहरुमा उडान संख्या बढाउने निर्णय गरेको हो ।
संभावित निषेधाज्ञालाई ध्यानमा राख्दै उपत्यका छाड्ने यात्रुहरुलाई सुविधा पु¥याउने उद्देश्यले उडान थपेको कम्पनीले जनाएको छ । यद्यपी कति संख्यामा उडान (फ्लाइट) थप गरिएको भन्ने विषय भने कम्पनीले खुलाएको छैन ।
‘काठमाडौं उपत्यकाका स्थानीय निकायहरुले कोरोना संक्रमण रोकथामका लागि बैशाख १६ गते बेलुकादेखि निषेधाज्ञा जारी गर्न लागेको छ । निषेधाज्ञापछि आउजाउ गर्न सहज हुनेछैन । तसर्थ बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि यसका सबै गन्तव्यहरुमा उडान संख्या थप गरेको छ ।
उडान संख्या थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुद्ध एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको बुद्धले जनाएको छ ।
उडानका क्रममा तापक्रम चेकजाँज, फेस शिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड सेनिटाइज गर्ने गरेको छ’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण