कोरोना महामारीविरुद्ध लडिरहेको भारतलाई चीनले लेख्यो पत्र
बिहीबार, १६ वैशाख २०७८, १६ : ५०
एजेन्सी । चीनले कोरोना महामारीका विरुद्ध लड्न भारतलाई पूर्णरुपमा साथ दिने बताएको छ । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ वीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्राचार गर्दै कोरोना महामारीका विरुद्ध लड्न चीन भारतको साथमा रहेको आश्वासन दिएका हुन् । चिनियाँ विदेशमन्त्रीले महामारीसँग लड्न चीनमा निर्माण भएका स्वास्थ्य सामाग्रीहरु दू्रत रुपमा भारतमा पठाउने तयारी गरिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘महामारीसँग लड्न चीनमा बनेका सामानहरु द्रुत गतिमा भारत पठाईंदैछ ।’
कोरोना भाइरस मानवताका लागि खतरा भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायको समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ । यसअघि चीनका लागि भारतका राजदूत सन वीडोङले चीनले भारतका लागि कम्तिमा २५ हजार अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरिरहेको जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण