कोरोना महामारीविरुद्ध लडिरहेको भारतलाई चीनले लेख्यो पत्र
बिहीबार, १६ वैशाख २०७८, १६ : ५०

एजेन्सी । चीनले कोरोना महामारीका विरुद्ध लड्न भारतलाई पूर्णरुपमा साथ दिने बताएको छ । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ वीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्राचार गर्दै कोरोना महामारीका विरुद्ध लड्न चीन भारतको साथमा रहेको आश्वासन दिएका हुन् । चिनियाँ विदेशमन्त्रीले महामारीसँग लड्न चीनमा निर्माण भएका स्वास्थ्य सामाग्रीहरु दू्रत रुपमा भारतमा पठाउने तयारी गरिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘महामारीसँग लड्न चीनमा बनेका सामानहरु द्रुत गतिमा भारत पठाईंदैछ ।’
कोरोना भाइरस मानवताका लागि खतरा भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायको समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ । यसअघि चीनका लागि भारतका राजदूत सन वीडोङले चीनले भारतका लागि कम्तिमा २५ हजार अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरिरहेको जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९
-
एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु