भारतमा पछिल्लो २४ घण्टामा ३.१० लाख नयाँ संक्रमित भेटिए, ३.६२ निको भए
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १० हजार ५८० जनामा कोरोना पुष्टि भएको छ । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा दुई लाख इ४ हजार ३७८ नयाँ संक्रमितको पहिचान भएको थियो ।
यद्यपि, मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । भारतमा शनिबार कोरोनाका कारण ४,०७५ जनाको ज्यान गएको छ ।
राहतको कुरा के छ भने कोरोनाबाट निको हुनेको संख्या लगातार बढिरहेको छ । शनिबार कूल ३ लाख ६२ हजार ३६७ जनाले कोरोना जितेका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या ५५,९३१ को कमी भयो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल भेटिएका संक्रमितः ३.१० लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०७५
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.६२ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.४६ करोड
हालसम्म निको भएकाः २.०७ करोड
हालसम्म कूल मृत्युः २.७० लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.१३ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण