भारतमा पछिल्लो २४ घण्टामा ३.१० लाख नयाँ संक्रमित भेटिए, ३.६२ निको भए

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १० हजार ५८० जनामा कोरोना पुष्टि भएको छ । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा दुई लाख इ४ हजार ३७८ नयाँ संक्रमितको पहिचान भएको थियो ।
यद्यपि, मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । भारतमा शनिबार कोरोनाका कारण ४,०७५ जनाको ज्यान गएको छ ।
राहतको कुरा के छ भने कोरोनाबाट निको हुनेको संख्या लगातार बढिरहेको छ । शनिबार कूल ३ लाख ६२ हजार ३६७ जनाले कोरोना जितेका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या ५५,९३१ को कमी भयो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल भेटिएका संक्रमितः ३.१० लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०७५
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.६२ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.४६ करोड
हालसम्म निको भएकाः २.०७ करोड
हालसम्म कूल मृत्युः २.७० लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.१३ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत