पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय पीपीई, माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीको माग गर्दै आन्दोलनमा उत्रिएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिए ।
उनले प्रशासनलाई कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा स्वास्थ्य सामाग्री र थप अतिरिक्त सुविधाको व्यवस्था गर्न पटक– पटक आग्रह गरेपनि बेवास्ता गरेपछि पहिलो दिन स्वास्थ्यकर्मी अस्पतालको गेट अगाडि जम्मा भएर सांकेतिक आन्दोलन गरिएको बताए । ‘कोभिडका बिरामीको उपचारमा खटिने कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको माग गर्दै हामी आन्दोलनमा उत्रिएका हौं’ उनले भने, ‘अस्पताल प्रशासनले सिमित मात्रामा गुणस्तरहीन सामाग्री उपलब्ध गराएकाले गुणस्तरीय स्वास्थ्य सामाग्रीसहित सेवा सुविधाको माग गर्दै पहिलो दिन बिरामीको उपचारमा असर नपर्ने गरी आन्दोलनमा उत्रिएका छौं ।’
अध्यक्ष भण्डारीले ड्युटीमा रहेका बाहेक सबै कर्मचारी अस्पताल बाहिर जम्मा भएर प्रदर्शन गरिरहेको बताए । उनीहरूले अस्पताल प्रशासनले कोभिडका बिरामीको उपचार गर्ने तथा प्रयोगशालामा काम गर्नेहरूलाई अस्पताल परिसरमै आवासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । अस्पतालमा काम गरेर घर जाँदा परिवार र टोलसमेत असुरक्षित हुने देखिएकाले कोभिडको उपचारमा खटिने कर्मचारीलाई आवासको ब्यवस्था गर्न अस्पताल प्रशासनसँग माग गरेको अध्यक्ष भण्डारीले बताए ।
सुरक्षासहित सेवा सुविधाको माग गरेर कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले माग पूरा गर्ने आश्वासन दिएको उनले बताए ।‘आन्दोलनपछि अस्पताल प्रशासनले माग पूरा गरिदिने आश्वासन दिएको छ’ उनले भने । ‘प्रशासनले माग पूरा गर्छ वा गर्दैन भोलिसम्म हेर्छौ, यदि पूरा नभए भोलिबाट थप आन्दोलनका कार्यक्रम ल्याउँछौँ ।’
मणिपाल अस्पतालमा अहिले ४५ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । उनीहरुको उपचारमा हाल दुइ सिफ्टमा २५ जना कर्मचारी खट्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण