शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको धज्जी उडायो : उपेन्द्र यादव

बिहीबार, ०६ जेठ २०७८, २२ : ३१
बिहीबार, ०६ जेठ २०७८

राष्ट्रिय जनता पार्टी (जसपा) का  अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट विहीबार साँझ गरिएको सरकार गठनको २३ घण्टे आव्हानलाई राष्ट्रपतिले भन्दा पनि प्रधानमन्त्रीले चालेको कदमका रुपमा व्याख्या गरे । प्रधानमन्त्रीको यो कदमले संविधान र संसदीय व्यवस्थाको धज्जी उडाएको उनले बताए ।

‘राष्ट्रपतिको आह्वान त त्यो प्रधानमन्त्रीले गरेको हो । प्रधानमन्त्रीको यो कदम संविधानको मूल मर्म र भावना विपरीत छ’ अध्यक्ष यादवले रातोपाटीसँग भने,‘यसले लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्था व्यवस्थालाई धज्जी उडाएको छ ।’

अध्यक्ष यादवले अगाडि भने, ‘काम गराइको तौरतरिका हेर्दा यो संविधानको भावनासँग मेल खाँदैन । अन्ततोगत्वा संघीय गणतन्त्रसहितको संविधानलाई नै समाप्त पार्ने हो कि भन्ने आशंका यसबाट उत्पन्न भएको छ ।’

यसबारे शुक्रबार आफ्नो पार्टीका नेता र अन्य पार्टीहरूसँग छलफल चलाएर अगाडि बढ्ने अध्यक्ष यादवले रातोपाटीलाई बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप