शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१५ विधामा रेस्क्यू म्युजिक अवार्ड बाँडिने

शुक्रबार, ०७ जेठ २०७८, १८ : ३१
शुक्रबार, ०७ जेठ २०७८

 रेस्क्यू क्रियशनले ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । गीत संगीतमा विभिन्न १५ विधा समेटेर अवार्ड आयोजना हुन लागेको हो । अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म समावेश हुनेछन् ।

विश्वभर छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयासका साथ तयारी भैरहेको आयोजक समन अधिकारीले बताए । यो वर्षको अन्त्यमा अवार्ड बाँडिने अधिकारीको भनाई रहेको छ ।

यो वर्ष नेपाल र अर्काे वर्ष युरोपमा आयोजना हुने बताइएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड समेत दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप