‘चञ्चले मन’मा बालकृष्ण र गीताको स्वर
सोमबार, १० जेठ २०७८, १३ : २२
पछिल्लो समय अमेरिकामा रहँदै आएका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक भएको छ । गीतमा दि भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा र न्यौपाने कै स्वर रहेको छ ।
गीतको भिडियोमा भने प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । काठमाडाैं उपत्यकामा छायाँंकन गरिएको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।
भिडियोमा पुजन घिमिरे र पुष्कर दाहालको अभिनय रहेको छ । विष्णु अधिकारीको एरेन्ज, दीपक गिरीको छायाँकन रहेको भिडियोमा अमृत चापागाईँले सम्पादन र दुर्गा धिमाल न्यौपानेको निर्माण रहेको छ ।
न्यौपानेका यसअघि ‘सोल्टिनी’, ‘बाहार बनी तिमी आयौ’लगायत दर्जन बढी गीत बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण