गायिका लासिमित राईको निधन
गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’
गायक अशोक मुकारुङले गायिका राईको निधन कोरोनाका कारण भएको बताएका छन् ।
‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण