शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा

सोमबार, १७ जेठ २०७८, १८ : ५१
सोमबार, १७ जेठ २०७८

काठमाडौं । बारबरा फाउन्डेसनमार्फत उद्यमी सहिृद घिमिरेले रु १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । फाउन्डेसनका कार्यकारिणी सदस्य समेत रहेका घिमिरेले सोमबार पुरस्कार घोषणा गर्नुभएको फाउन्डेसनले जनाएको छ । विद्यमान कोभिड १९ महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको  हौसला तथा सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष डा.सन्दुक रुइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । फाउन्डेसनले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति समेत गठन गरेको छ ।

सो समितिमा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा.लोचन कार्कीलगायत रहेका छन् । निर्णायक समितिबाट छानिने सम्मानित व्यक्तित्व मार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्ने स्वास्थ्यकर्मीहरूप्रति सम्मान गरिने फाउन्डेसनले जनाएको छ ।  घिमिरे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एकमात्र आधिकारिक बिक्रेता  हुन् । उनले आफ्नी छोरी अदिति घिमिरेको भावबाट प्रेरित भई पुरस्कार घोषणा गरिएको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप