एउटा सिनमा २२ टेक दिनुपर्दा वर्षालाई ज्वरो..

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीले झिल्को फिल्म निर्माणका क्रममा भएको एउटा रमाइलो घटना सार्वजनिक गरेकी छन् । बिहीबार फिल्मको प्रिमियर शो पछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एउटा सिनका लागि २२ टेक दिएको र त्यसपछि आफू बिरामी नै भएको बताइन् ।
फिल्ममा एउटा रुनुपर्ने सिन रहेको थियो । उक्त सिन एक टेक गर्न पनि गाह्रो रहेकोमा २० देखि २२ टेकसम्म लिएको बताइन् । त्यसपछि आफूलाई एकदमै गाह्रो भएर ज्वरो नै आएको उनको भनाई छ । उक्त सिन सुटिङपछि बिरामी जस्तै भएकोले आफूले आराम लिएको उनले बताइन् ।
'निर्देशक यादव भट्टराई सर एउटा यस्तो मान्छे जबसम्म आफूलाई चित्त बुझेन तबसम्म ठिक छ भन्नुभएन' उनले भनिन् । पछिल्लो समय फिल्ममा कथा मुख्य विषय बनेर आइरहेको उनको भनाइ थियो । आफू फिल्म साइन गर्दा कथा हेर्ने बताउँदै उनले सक्षम र सफल निर्माण टिमबाट प्रस्ताव आइसकेपछि झिल्कोमा त्यति धेरै समस्या नभएको उनले बताइन् ।
झिल्कोमा वर्षाले अहिलेसम्म नगरेको आमाको भूमिका निभाएकी छन् । तर आफ्ना लागि टिम र कथा मुख्य भएकाले आमाको भूमिकामा पहिलोपटक झिल्कोमा खेल्न तयार भएको उनले बताइन् ।
झिल्कोमा काम गर्दा चुनौतीपूर्ण भएपनि आफूले अहिलेसम्म गरेका चलचित्रमध्ये निर्देशक भट्टराईले आफूबाट सबैभन्दा बढी काम निकाल्न सफल भएको उनको भनाइ थियो ।
झिल्कोपछि वर्षाले छक्का पञ्जा ५ मा काम गरेकी थिइन् । उक्त सेटमा झिल्कोमा सिकेका र सिकाइएका कुराहरूका कारण सजिलो भएको उनले बताइन् ।
उनले भनिन् 'झिल्कोले मेरा कमीकमजोरी औँल्याइदिएको थियो । एक कलाकारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कतिपय चलचित्रमा हाम्रा गल्तीहरू यत्तिकै ढाकछोप भइरहेको हुन्छ । तर उहाँ (भट्टराई) यस्तो एउटा मेकर, एकदमै गाह्रो भए पनि काम पर्फेक्ट नभएसम्म निरन्तर लाग्नुहुन्थ्यो । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज