एउटा सिनमा २२ टेक दिनुपर्दा वर्षालाई ज्वरो..
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीले झिल्को फिल्म निर्माणका क्रममा भएको एउटा रमाइलो घटना सार्वजनिक गरेकी छन् । बिहीबार फिल्मको प्रिमियर शो पछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एउटा सिनका लागि २२ टेक दिएको र त्यसपछि आफू बिरामी नै भएको बताइन् ।
फिल्ममा एउटा रुनुपर्ने सिन रहेको थियो । उक्त सिन एक टेक गर्न पनि गाह्रो रहेकोमा २० देखि २२ टेकसम्म लिएको बताइन् । त्यसपछि आफूलाई एकदमै गाह्रो भएर ज्वरो नै आएको उनको भनाई छ । उक्त सिन सुटिङपछि बिरामी जस्तै भएकोले आफूले आराम लिएको उनले बताइन् ।
'निर्देशक यादव भट्टराई सर एउटा यस्तो मान्छे जबसम्म आफूलाई चित्त बुझेन तबसम्म ठिक छ भन्नुभएन' उनले भनिन् । पछिल्लो समय फिल्ममा कथा मुख्य विषय बनेर आइरहेको उनको भनाइ थियो । आफू फिल्म साइन गर्दा कथा हेर्ने बताउँदै उनले सक्षम र सफल निर्माण टिमबाट प्रस्ताव आइसकेपछि झिल्कोमा त्यति धेरै समस्या नभएको उनले बताइन् ।
झिल्कोमा वर्षाले अहिलेसम्म नगरेको आमाको भूमिका निभाएकी छन् । तर आफ्ना लागि टिम र कथा मुख्य भएकाले आमाको भूमिकामा पहिलोपटक झिल्कोमा खेल्न तयार भएको उनले बताइन् ।
झिल्कोमा काम गर्दा चुनौतीपूर्ण भएपनि आफूले अहिलेसम्म गरेका चलचित्रमध्ये निर्देशक भट्टराईले आफूबाट सबैभन्दा बढी काम निकाल्न सफल भएको उनको भनाइ थियो ।
झिल्कोपछि वर्षाले छक्का पञ्जा ५ मा काम गरेकी थिइन् । उक्त सेटमा झिल्कोमा सिकेका र सिकाइएका कुराहरूका कारण सजिलो भएको उनले बताइन् ।
उनले भनिन् 'झिल्कोले मेरा कमीकमजोरी औँल्याइदिएको थियो । एक कलाकारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कतिपय चलचित्रमा हाम्रा गल्तीहरू यत्तिकै ढाकछोप भइरहेको हुन्छ । तर उहाँ (भट्टराई) यस्तो एउटा मेकर, एकदमै गाह्रो भए पनि काम पर्फेक्ट नभएसम्म निरन्तर लाग्नुहुन्थ्यो । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण