कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक
मङ्गलबार, १८ जेठ २०७८, १० : ३५
वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । नेपाल भाषामा रहेको यो देशभक्ति गीतमा साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द छ ।
रामकृष्ण जुजुको प्रस्तुति रहेको गीतमा देश प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ, देशको निमित्त प्राण पनि दिन सक्छु भन्ने जस्ता आसय ब्यक्त गरिएको छ ।
सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको अभिनय रहेको छ ।
गीतको भिडियो सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका हुन् भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण