पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौं । मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् ।
बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई सवार प्रदेश–१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना पनि घाइते भए ।
नोवेल सामुदायिक अस्पतालमा उपचारका क्रममा प्रहरीले चेकजाँच गर्दा धमला र भट्टराईको साथमा ८ सय ९२ वटा नाइट्रोजन चक्की र १३ दशमलव ८६० ग्राम चरेस फेला परेको थियो । सो सामग्री अब्बास मियाँबाट खरिद गरेको बयानका आधारमा प्रहरीले मियाँलाई घरबाट पक्राउ गरेको हो ।
मियाँको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, नाइट्रोभेट चक्की ६ सय ट्याब्लेट र दुई बोतल लाइलेक्स डिसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित