फ्लोर क्रस गरेका सांसदको पुनर्बहालीबारे कँडेलले भने– दलको ह्वीप मान्नुपर्ने हुन्छ
प्रमुख प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभाका सदस्यलाई मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था नभएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशनको पाचौं बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् ।
‘संसदमा एमाले दुइटा छैन र हुँदैन । मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन्’ नेता कँडेलले भने, ‘त्यो अभ्यास शोभनीय छैन् । अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ । सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’
दलको ह्वीप उलंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमाले माधव पक्षका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । जसमध्ये थापा, शाही र ज्वाला मन्त्री प्रदेश सरकारको मन्त्री पदमा नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटीलाई शीर्ष स्थानमा दुई अङ्कको अग्रता
-
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी