फ्लोर क्रस गरेका सांसदको पुनर्बहालीबारे कँडेलले भने– दलको ह्वीप मान्नुपर्ने हुन्छ
प्रमुख प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभाका सदस्यलाई मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था नभएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशनको पाचौं बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् ।
‘संसदमा एमाले दुइटा छैन र हुँदैन । मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन्’ नेता कँडेलले भने, ‘त्यो अभ्यास शोभनीय छैन् । अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ । सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’
दलको ह्वीप उलंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमाले माधव पक्षका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । जसमध्ये थापा, शाही र ज्वाला मन्त्री प्रदेश सरकारको मन्त्री पदमा नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण