हेलम्बु गाउँपालिकाको सूचना : सेमेसिदाङ हिमाल मुनि पहिरो, अझै छ जोखिम
शनिबार, ०५ असार २०७८, १८ : ०८
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एक सूचना जारी गर्दै अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । शनिवार सुचना जारी गर्दै गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानु उल्लेख गरिएको छ ।
डा. रविन राज निरौलाले सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हाल सम्म एकिन नभएको बताएकोले थप बाढी जान सक्ने हुँदा उच्च सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’