रजनीकान्त भन्दा बढी पारिश्रमिक लिन्छन् थलापति विजय
दक्षिण भारतीय फिल्म अभिनेता थलापति विजयले गत बर्ष सफलताको एक रेकर्ड बनाएका थिए । उनको फिल्म ‘मास्टर’ले कोरोना कहरको समय पनि सबैभन्दा धेरै कमाएर रेकर्ड बनाएको थियो ।
अभिनेता विजय आजदेखि ४७ बर्ष लागेका छन् । २२ जुन १९७६ चेन्नइको तमिलनाडुमा जन्मिएका विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् । आउँदो फिल्म ‘थलापति ६५’का लागि उनले एकसय करोड पारिश्रमिक लिएका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता रजनीकान्तलाई समेत पछि पारेका छन् । रजनीकान्तले अहिलेसम्मकै धेरै पारिश्रमिक फिल्म ‘दरबार’का लागि ९० करोड लिएका थिए ।
विजयको सक्कली नाम जोसफ विजय चन्द्रशेखर हो । फिल्मी दुनियामा उनी थलापति विजयको नामबाट परिचित छन् । विजयका बुबा पनि नाम चलेका निर्देशक थिए । उनले बुबाको १५ फिल्ममा काम गरेका छन् । तीमध्य ६ फिल्ममा बालकलाकारको भुमिका निर्वाह गरेका थिए ।
विजय रजनीकान्तका ठुलो फ्यान हुन् । १९८५ मा आएको रजनीकान्तको फिल्म ‘नान सिवापु मनिथन’मा उनले बालकलाकारको रुपमा काम गरेका थिए । १८ बर्षको उमेरमा विजयले ‘नालैथ्या थीरपु’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । फिल्ममा उनको नामनै विजय थियो । यो नामबाट उनले ८ फिल्ममा काम गरेका थिए । विजयले अहिलेसम्मको करियरमा ६५ फिल्ममा काम गरेका छन् । ति मध्य धेरै बक्सअफिसमा हिट साबित भएका छन् ।
विजयकी आमा शोभा चन्द्रशेखर गायिका हुन् । विजय पनि एक राम्रो गायक हुन् । फिल्म ‘थुपक्की’मा उनले गाएको गीत ‘गुगल गुगल’ निकै हिट भएको थियो । यो गीतको कारण विजयले सबैभन्दा पपुलर तमिल गीतका अवार्ड समेत हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण