शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा फेरि थपियो निषेधाज्ञा

बिहीबार, १० असार २०७८, १५ : २७
बिहीबार, १० असार २०७८

सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए । 

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाकुँडाका पसलसँगै पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए । 

यसैगरी बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए । मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमा हल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप