शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रादेशिक पत्रकारिता पुरस्कार चार अग्रज पत्रकारलाई

शुक्रबार, ११ असार २०७८, १६ : २८
शुक्रबार, ११ असार २०७८

प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना अग्रज पत्रकारलाई जनही एक लाखको पुरस्कार प्रदान गरेका हुन् ।

प्रदेश सरकारले २०७४/०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । तर गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप