बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

शाहरुखले सुरु गरे ‘पठान’

आइतबार, १३ असार २०७८, १० : ३३
आइतबार, १३ असार २०७८

मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो ।

फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।

फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ । फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो । 

कोरोना कहरका कारण देशमा लकडाउन गरिएकोले सुटिङ रोकिएको थियो । अहिले कोरोनाको कहर कम भएको छ । त्यसैले निर्माण युनिटले फेरि फिल्मको काम सुरु गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप