सीताबाट हट्यो करिनाको नाम
पछिल्लो समय सीताको भूमिकामा देखिन लागेको कुराले अभिनेत्री करिना कपुर खानले आलोचना खेपेकी छिन् । फिल्ममा लागि करिनाले १२ करोड मागेको समाचार समेत बाहिरिएको थियो । अहिले भने करिनालाई सीताको भूमिकाको लागि कहिल्यै सम्पर्क नगरिएको बताइएको छ ।
फिल्मका लेखक केवी विजयन्द्र प्रसादले फिल्मका लागि अभिनेत्रीको बिषयमा खुलासा गरेका छन् । हालै सार्वजनिक एक रिपोर्टमा उनले फिल्मका लागि कंगनाको नाम सुझाएको बताइएको छ । केवीप्रसादले फिल्ममा सीताको भूमिकाका लागि करिना र आलिया भट्टलाई प्रपोज गरेको कुरामा पनि हल्ला मात्र बताएका छन् ।
‘कुनै अभिनेत्रीलाई सीताको भूमिकाको लागि प्रस्ताव गरेको मलाई जानकारी छैन’ एक अन्तर्वार्ताको क्रममा उनले भनेका छन्, ‘मैले भर्खर स्क्रिप्ट लेख्न सुरु गरेको छु । त्यो पुरा भएपछि हामी अभिनेत्रीको खोजी गर्नेछौ ।’ फिल्ममा सीताको रामसँग विवाह अगाडिको जीवन देखाइनेछ ।
केवीप्रसाद निर्देशक एसएस राजामौलीका पिता हुन् । उनले बाहुबली सीरीज, बजरंगी भाइजान, मणिकर्णिका र थलाइवीका लागि स्क्रिप्ट लेखका थिए । केवी अव फिल्म सीता लेख्दैछन् । यो फिल्म हिन्दीको साथसाथै तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि रिलिज हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण