एमाले केन्द्रीय समिति बैठक स्थगित, भाेलि पुन: बस्ने
शुक्रबार, १८ असार २०७८, १४ : ४८
नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।
बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



