भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या ४ लाखभन्दा बढी
भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुँदै गएको पाइएको छ । दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७.०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ३१२ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ८५३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार ३८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई लाख ९५ लाख ४८ हजार ३०२ पुगेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण