आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या ४ लाखभन्दा बढी

शुक्रबार, १८ असार २०७८, १६ : ०६
शुक्रबार, १८ असार २०७८

भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुँदै गएको पाइएको छ । दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ । 

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७.०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।  भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ३१२ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ८५३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार ३८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई लाख ९५ लाख ४८ हजार ३०२ पुगेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप