कपिलवस्तु गोली काण्डका फरार अभियुक्त पक्राउ
कपिलवस्तुमा ३ वर्षअघि गोली प्रहार गरी एक जनाको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजेको समयमा जिल्लाको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ बर्षीय पारस पुरीलाई तीन जना ब्यक्तिको समूहले गोली हानेर हत्या गरेका थिए ।
हत्या घटनाका मुख्य अभियुक्त भनिएका सोही जिल्लाको साविक गणेहपुर गाविस–१ ( हाल विजयपुर गाउँपालिका –७) का ५० बर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार हत्या गरिएका पारस पुरी कामदारहरु बैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए । हत्या अभियुक्त कुर्मीलाई ‘तिम्रो छोरा दिनेश कुर्मीलाई विदेश पठाई दिन्छु’ भनि १ लाख १५ हजार रुपैयाँ लिई बैदेशिक रोजगारीका लागि बहराइन पठाएका थिए । त्यहाँ पुगेपछि छोराले राम्रा कम्पनीमा काम र तलव नपाएको भन्दै पुरीसँग विदेश पठाउँदाको उक्त रकम पटक पटक फिर्ता मागेका थिए ।
उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण