रुपन्देहीको कोटहीमाई गाउँपालिकामा तालाबन्दी
आइतबार, २० असार २०७८, २३ : ११
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका कर्मचारी कार्यालयमा नआएको भन्दै वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी गरिएको जानकारी दिए । काम गर्ने बेलामा कर्मचारी नआएकोले आफुहरु बाध्य भएर तालाबन्दी गरिएको उनीहरुले बताए । कोटहीमाई गाउँपालिका रुपन्देहीको दणिक्षी क्षेत्र मर्चवारमा पर्दछ ।
अध्यक्ष यादवले गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र प्राविधिक कोही पनि कार्यालयमा नआएको बताए । यद्यपि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा गौडले तालाबन्दीबारे आफूलाई जानकारी नभएको जानकारी दिए । उनले आफु बिरामी भएका कारण कार्यालय जान नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण