पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
बुधबार, २३ असार २०७८, १३ : ४७
पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो ।
सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण