दाङमा ५ जना जुवाडे पक्राउ
बिहीबार, २४ असार २०७८, ०९ : २६
प्रहरीले बुधबार साँझ दाङ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका–१० गैरिगाउँस्थित झगुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेका ५ जनालाई १ लाख ४७ हजार १२५ रुपैयाँ नगद र एक गड्डी ताससहित प्रहरीले पक्राउ गरेको हो ।
दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–१५ का ३७ बर्षीय खड्क बहादुर वली , वडा नम्वर ५ का ३४ बर्षीय शरण श्रेष्ठ , वडा नम्वर ६ का ४१ बर्षीय मिलन केतन गिरी , घोराही उपमहानगरपालिका–७ का विनोद खाती र वडा नम्वर १३ का ३२ बर्षीय छवि गिरी रहेका छन् ।
बिशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण