दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, २ घाइते
बिहीबार, २४ असार २०७८, ०९ : ४८
अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर अबिरल बर्षाका कारण घर भत्किँदा शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी घाइते भएका छन्।
मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।
घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घटनास्थलबाट शिशुको शव निकालिएको छ। घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण