दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार
आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ खर्ब १७ अर्ब ५ करोड ९४ लाख रुपैयाँ राजस्व उठेको थियो
। सो वर्ष असारको २४ दिनमा ६७ अर्ब बढी राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा छ । यस आधारमा हेर्दा गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व उठेको देखिन्छ ।
सरकारले चालु आर्थिक वर्ष ८ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८६.१६ प्रतिशत हो । यो कर तथा गैर कर आम्दानी हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य बजेट मार्फत लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण