यात्रुको छुटेको नगद र सुनका गहना बुझाउने चालक सम्मानित
शनिबार, २६ असार २०७८, १० : २५
शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै भुलेर हिँडेकी थिइन् ।
अटोका चालक घोराही –१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए । उनले प्रहरीकै रोहवरमा सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण