शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
सारांश
- शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको एक विद्यालयको अनुगमन गरे ।
- उनले शैक्षिक अवस्था, भौतिक पूर्वाधार र शिक्षण सिकाइबारे जानकारी लिए ।
- दुर्गम समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध छ ।
चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको आज अनुगमन गरेका छन् । चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले जानकारी लिएका हुन् ।
मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँगको छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिएका थिए ।
उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीयस्तरमा देखिएका समस्याका बारेमा आफ्ना सुझाव राखेका थिए ।
अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताए । यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
अनुगमनमा प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा र मन्त्रीका सल्लाहकार सरोज गौतमलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण