तम्घास–नेटा ५ किमी सडक २५ वर्षपछि पिच
गुल्मीको सदरमुकाम तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जोड्ने सडकको नाम हो तम्घास–नेटा सडक । तम्घासदेखि नेटा सम्म ५ किलो मिटर दुरीमा पर्दछ नेटा बजारको अर्घाखाँची सिमाना । त्यहाँ सम्मको सडकको २०५१ सालमा ट्रयाक खोल्न सुरु गरिएको र आफैले शिलान्यास गरेको साविक तम्घास गाविसका अध्यक्ष तथा हाल नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ बताउँछन् ।
त्यसको साढे दुई बर्ष मै ट्रयाक खोलिएको उनी स्मरण गर्छन् । २०५३ साल देखि ट्याक्टर र मोटरसाईकल चल्न सुरु गरेको बताइने त्यस सडक खनेको अहिले २५ पुगेर २६ बर्षमा लाग्यो । बल्ल गत आर्थिक बर्षमा दुई किलो मिटर पिच गरेर सकिएको छ । तर ठाउँ ठाउँमा माथिबाट खसेको पहिरोले निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायी पहिरो सोह्रर्दैमा आजित हुँदै आएका छन् ।
अझ तम्घासको देउराली, सोता, भुजेलखर्क हुँदै नेटा जोड्ने सडक खनेको त ३० बर्ष नाघि सक्यो । अर्घाखाँचीको साविक भगवती गाविस अर्घातोष पुर्ख्यौली घर भई हाल सदरमुकाम तम्घासका बासिन्दा हरिकुमार श्रेष्ठ भन्छन्–‘ २०४६ साल तिर म आफु पनि भगवती गाविसका जनता संग घन–गैंची कोदालो बोकेर त्यो सडक खन्न आएको हुँ । ’
२०४८ सालतिर उक्त सडकमा ट्याक्टर र मोटरसाईकल चल्न सुरु गरेको उनी सुनाउँछन् । निर्माण ब्यवसायी संघ गुल्मीका महासचिव समेत रहेको श्रेष्ठले यस अघि त्यस सडकको स्तरोन्नतीको जिम्मा लिएका थिए । बर्षेनी हिउँदमा सडक खन्ने वर्षायाममा पहिरोले बगाउने गर्दा यस अवधीमा करोडौं रकम बालुवामा पानी हाले जस्तो गरि खेर गइसकेको छ ।
सडक स्तरबृद्धिका क्रममा निर्माण ब्यवसायी श्रेष्ठले कमेरेपानी देखि ठाउँ ठाउँमा पहिरोले खनेको सडक पटक पटक पुर्ने र बगाउने गरेपछि दुई बर्ष अघि स्थानीयको धार्मिक आस्था अनुसार पहिरो रोक्न कमरेपानी पँधेरोमा पूजा नै गरेका थिए ।
ठाउँ ठाउँमा पहिरो जाने र बर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा अर्घाखाँची , गुल्मीको नयाँगाउँ, पिपलधारा हाडहाडे , पुर्कोटदह र प्युठान सम्मका जनताले सास्ती खेप्दै आएका छन् त्यस तम्घास नेटा सडक खण्डमा । लामो दुरीको र कम्तीमा चार जिल्लाका हजारौं जनता लाभान्वित हुने सडक हो त्यो । बुटवल, तानसेन, तम्घास , सन्धिखर्क, विजुवार, चकचके भिग्री , सुलिचौर , पोबाङ्ग, थबाङ्ग नामकरण गरिएको छ । अर्थात गुल्मीको सदरमुकाम देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क , प्युठान हुँदै रोल्पाको सदरमुकाम जोड्ने सडक हो त्यो ।
त्यस सडक अहिले लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट विनियोजित ३ करोड ७५ लाख ७१ हजार ८ सय ३३ रुपैयाँ लाखमा तम्घास नेटा ५ किलो मिटर पिच हुँदैछ । सडक पुर्वाधार विकास कार्यालय गुल्मीबाट २०७६ साल माघ २८ गते सुनिल समिर निर्माण सेवा प्रालिका प्रमुख नारायण पोखरेलले २०७७ साल असार २८ गते सम्पन्न गर्ने जिम्मा पाएका थिए ।
त्यस प्रालिका सडक निर्माण अधिकारी सुनिल पोखरेलका अनुसार दुई चरणमा सम्पन्न गर्ने सम्झौता भए अनुसार तम्घास देखि कमरेपानी सम्म दुई किलो मिटर गत आर्थिक बर्षमा पिच भइसकेको छ । त्यहाँ देखि नेटा सम्म तिन किलो मिटर पिच गर्ने क्रम चलिरहेको छ । नेटा देखि बल्कोट सम्म १८ किलो मिटर सडक ग्रावेलिङ्ग भई सकेको छ ।
खन्दै पहिरो जाँदै अवरुद्ध भईरहने उक्त सडकलाई ‘रोगी सडक’को उपनामले पुकारिन्छ । राज्यले एकैसाथ लगानी गरेको भए त्यो सडक उति बैले सकिने थियो र पैसा पहिरोमा खेर जाने थिएन भन्छन् सरोकारवालाहरु । त्यसो त त्यो भन्दा पहिला झण्डै ५० बर्ष अघि गाडी चल्न सुरु गरेको रिडी रुद्रवेणी वामीटक्सार खर्बाङ्ग सडक पिच त परै जाओस् ग्रावेलिङ्ग सम्म कैयौं सडक खण्डमा सम्पन्न हुन सकिरहेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण