६ महिनामा १ सय मानव अधिकार हननका घटना
दाङ जिल्लामा बितेको ६ महिनामा १ सय वटा मानवअधिकार हनन्का घटना घटेका छन् । २०२१ जनवरीदेखि जुलाई ८ तारिकसम्ममा यो संख्यामा मानव अधिकार हननका घटना घटेका हुन् ।
इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि संकलित दाङ जिल्लाका घटनाका बारेमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले जिल्लामा ६ महिनाको अवधिमा १ सय वटा विभिन्न मानवअधिकार हननका घटना घटेको बताए ।
उनका अनुसार यो ६ महिनाका अवधिमा मानवअधिकार हनन्सम्बन्धी घटना विगतको संख्यामा कम भएको छ । अघिल्लो वर्षभन्दा करिब ५० वटा मानवअधिकार हनन्का घटना कम भएको उनले बताए । ‘कोभिड–१९ को कारण सरकारले गरेको लकडाउनको कारणले पनि घटना अभिलेखीकरण कम भएकाले तथ्याङमा घटना कम भएको हुन सक्छ’, उनले भने ।
यस अवधिमा भएका १ सय वटा घटनामा १ सय १७ जना पीडित र १ सय ६ जना पीडक छन् । मानवअधिकारसम्बन्धी घटना राज्य पक्षबाट ८ वटा गैरराज्य पक्षबाट ८९ वटा र अज्ञात पक्षबाट ३ वटा घटना भएका छन् । घटेका घटनामध्ये खाद्य अधिकारसम्बन्धी १ वटा, बालविवाहसम्वन्धी १ वटा, बहुविवाह १, बन्द–हड्ताल २ वटा, बेपत्ता १, दुव्र्यवहारसम्वन्धी २ वटा, धम्की सम्बन्धी १ वटा, कथित बोक्सी आरोप १ वटा, घरेलु हिंसासम्बन्धी ३० वटा, हत्यासम्बन्धी ४ वटा, हिरासतमा मृत्यु १ वटा घटना भएका छन् ।
त्यसैगरेर गिरफ्तारीसम्वन्धी २ वटा, कुटपिटसम्बन्धी ४ वटा, बलात्कार सम्वन्धी ३४ वटा, बलात्कार प्रयाससम्बन्धी १४ वटा, यौन दुव्र्यवहार सम्वन्धी १ वटा घटना इन्सेककै अर्का प्रतिनिधी बिनोद केसिले बताए । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समाज परिवर्तन हुन नसक्दा मानवअधिकार हनन् सम्बन्धी घटना भैराखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण