गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो
गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ । जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।
मकै खेती गरिएको र चैते धान रोपिएको खेतहरूमा धान रोप्न बाँकी रहेको उनको भनाई छ । ‘समृद्ध प्रदेश, खुशी जनता’ नारा लिएको लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा स्थानीय बीउ उत्पादन न्युन रहेको छ । धान र मकैको बीउ तराई र भारतीय बजारको भर पर्नुपर्ने अवस्था छ । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीका अनुसार चामलमा गुल्मी जिल्ला २५ देखि ३० प्रतिशतको हाराहारीमा आत्मनिर्भर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण