२८ किलो चरेससहित २ जना पक्राउ
शनिबार, २६ असार २०७८, १५ : ५०
बुटवलमा प्रहरीले २८ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र रुपन्देहीको टोलीले लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सत्यनारायण थापाले रातोपाटीलाई बताए ।
प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण