भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी
बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन ।
अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
प्रजिअ तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवर लगायत सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति र श्रोत साधन प्रयोग गरियो ।
२० भन्दा बढी दमकलको प्रयोग भएको छ भने नेपाली सेना , शसस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटेपछि विहान ५ बजेतिर आगो नियन्त्रकमा आएको हो ।
जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा विमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका दमकल परिचालन भएका थिए ।
आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर ध्वस्त भएको छ । क्लिपबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको जनाइएको छ ।
घरको माथिल्लो तल्लामा उक्त पसल धनीको परिवार बस्दै आएकोमा उनीहरुलाई सुरक्षाकर्मीहरुले सकुशल उद्धार गरेका थिए । घर पसलमा रहेको नगद, मोटरसाइकल, लगायत गरि ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण