रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ
आइतबार, २७ असार २०७८, १२ : ५६
बाँकेमा संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेस्ट हाउसको कोठा नम्बर १० बाट रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका–१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् ।
उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण