वन्यजन्तुको अङ्गसहित तीनजना पक्राउ
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र बाँके जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार साँझ नेपालगञ्जको एक गेष्टहाउसमा छापा मारेर वन्यजन्तुको अङ्ग कारोबार गर्दै आइरहेका तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा दाङ्गको घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, सोही स्थानका ४१ वर्षीय केशव पुन र दाङ्गकै शान्तिनगर गाउँपालिका–१ का रोविन बुढा छन् ।
गोप्य सूचनाका आधारमा नेपालगञ्ज उपमहानरपालिका–१, पुष्पलालचोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० मा प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुर्लभ वन्यजन्तु रेण्डापाण्डा (हाब्रे) को छाला थान एक र भालुको ४ वटा पित्त बरामद भएको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेको जिल्ला वन कार्यालयले यसबारेमा थप अनुसन्धान थाल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण