बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा कोभिडबाट एकैदिन १ हजार २०० भन्दा बढीको मृत्यु

आइतबार, २७ असार २०७८, १४ : ३६
आइतबार, २७ असार २०७८

ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एकहजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् ।  उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् । 

यसैगरी यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति यहाँ संक्रमित भेटिएका छन् । आइतबार सम्ममा यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् । 
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ । यो मृत्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो । 

ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रविन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

यहाँको सरकारले कोभिड १९ विरुद्धको खोप लगाउने कामलाई प्राथमिकता दिइएको छ । खोप लगाउने कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप