रजनीकान्तले गरे राजनीतिबाट अलग रहने फैसला
साउथ सुपरस्टार रजनीकान्तले राजनीतिबाट हमेसा टाढा रहने फैसला लिएका छन् । सोमबार उनले राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ को पदाधिकारीसँग छलफल गर्दै राजनीतिमा कहिल्यै नआउने फैसला लिएका हुन् । उनले पार्टी ‘रजनी मक्कल मन्द्रम’ समेत भंग गरेका छन् ।
सो अवसरमा उनले अब संगठन ‘रजनी रसीगर नरपानी मन्दराम’ को नामबाट जनताको सेवामा काम गर्ने बताए । रजनीकान्तले राजनीतिक पार्टीको अत्य गर्दै भने, ‘भविश्यमा राजनीतिमा आउने मेरो कुनै योजना छैन । म राजनीतिमा पाइला अब राख्दिन ।’
रजनीकान्तका सहयोगी तथा गान्धिया मक्कल इयक्कमका संस्थापक तमिलारुवी मणियनले भने– ‘अभिनेताले राजनीतिमा नआउने भनेर बताएका छैनन् । उनले आरएमएमको पनि भंग गरेको छैनन् । उनी चुनावी मैदानमा भने उत्रिने छैनन् ।’
अभिनेता रजनीकान्त केही दिन पहिले अमेरिकामा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए । २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका उनलाई केही समय सुटिङ नगर्न समेत डाक्टरले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण