शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रजनीकान्तले गरे राजनीतिबाट अलग रहने फैसला

सोमबार, २८ असार २०७८, २० : ३६
सोमबार, २८ असार २०७८

साउथ सुपरस्टार रजनीकान्तले राजनीतिबाट हमेसा टाढा रहने फैसला लिएका छन् । सोमबार उनले राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ को पदाधिकारीसँग छलफल गर्दै राजनीतिमा कहिल्यै नआउने फैसला लिएका हुन् । उनले पार्टी ‘रजनी मक्कल मन्द्रम’ समेत भंग गरेका छन् ।

सो अवसरमा उनले अब संगठन ‘रजनी रसीगर नरपानी मन्दराम’ को नामबाट जनताको सेवामा काम गर्ने बताए । रजनीकान्तले राजनीतिक पार्टीको अत्य गर्दै भने, ‘भविश्यमा राजनीतिमा आउने मेरो कुनै योजना छैन । म राजनीतिमा पाइला अब राख्दिन ।’

रजनीकान्तका सहयोगी तथा गान्धिया मक्कल इयक्कमका संस्थापक तमिलारुवी मणियनले भने– ‘अभिनेताले राजनीतिमा नआउने भनेर बताएका छैनन् । उनले आरएमएमको पनि भंग गरेको छैनन् । उनी चुनावी मैदानमा भने उत्रिने छैनन् ।’

अभिनेता रजनीकान्त केही दिन पहिले अमेरिकामा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए । २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका उनलाई केही समय सुटिङ नगर्न समेत डाक्टरले सुझाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप