बुटवलमा ५ दलद्वारा दीप प्रज्वलन
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा ५ दलले दीप प्रज्वलन गरेका छन् । बुटवलको ट्राफिक चोकमा साँझ जम्मा भएका नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा नेता कार्यकर्ताहरूले फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।
दीप प्रज्वलन कार्यक्रममार्फत उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता कुलप्रसाद केसीले विपक्षीहरूको गठबन्धन अझै ५ बर्ष निरन्तर जारी रहने भन्दै प्रतिगमन पत्तासाफ हुने दावी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले सर्वोच्च अदालतले संविधान र प्रजातन्त्र बचाएको बताउँदै ओलीको निरंकुशता परास्त भएको बताए । कार्यक्रममा जसपा लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेल, माओवादी रुपन्देहीका सचिव निर्मल जिसी, नेपाली काँग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण