ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा
‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
मंगलबार अदालतको आदेशपछि उनीहरु धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।
असार ६ मा पक्राउ परेका संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो । सो कसुरमा संग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । अदालतले बुझाएको धरौटी बुझाएर चारैजना रिहा भएका छन् । संग्रौलाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ