शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डिसहोमको ‘खुशीको कनेक्सन’ अभियानको पूर्ण भिडियो सार्वजनिक

बुधबार, ३० असार २०७८, १३ : ५७
बुधबार, ३० असार २०७८

डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको कम्पनीले जनाएको छ । 

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।  भिडियोमा आफ्नो माइतीघरमा जस्तै कर्म घरमा पनि डिसहोमको छातादेखि नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन् ।

नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको “म तिम्रै हुँ”, गीतमा लयबद्ध अभियानमा नयाँ परिवेशमा नवविवाहिता जोडीबीच डिशहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्यूएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्सओडी, डिशहोम गो एप र वेव, विशेष सामग्रीहरु र ग्राहक सेवासँग लिंक गरिएका छन् । 

डिशहोमका लागि विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधिका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरञ्जनात्मक रहेको छ । स्लिक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।  यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरूमा गरिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप