हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ
अर्घाखाँचीमा हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।
२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तीनजना मिलेर हत्या गरेका थिए। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेको जिल्लाले जनाएको छ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापा क्षेत्रीका अनुसार मृतक सुर्यवंशीलाई पूर्व रिसीबीका कारण २०६४ कार्तिक २६ गते घरमा खाना खान लागेको अवस्थामा तीन जनाले कुटपिट गरी हत्या गरेका थिए ।
उनीहरुले घरको थाममा नाम्लोले बाँधी लाठी र घरेलु हतियारले हानेर हत्या गरी फरार भएको पाइएको क्षेत्रीको भनाइ छ । अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भइ रहेको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण