रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो
बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।
व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निषेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायरा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए ।
यस्तै ठूला मेला तथा भिडभाड हुनेखालका कार्यक्रमहरुमा भने अझै रोक लगाइएको छ । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा धेरै परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण