कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ
शुक्रबार, ०१ साउन २०७८, २२ : ५४
कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।
युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
प्रहरीले उनीहरुको साथबाट २९ ग्राम ७९० मिलिग्राम लागुऔषध ब्राउन सुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
-
कृष्ण प्रधानका तीन कविता
-
एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्
-
बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहाेर व्यवस्थापन
-
विभिन्न १० स्थानमा आगलागी, लाखौँको क्षति
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु