घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन
शनिबार, ०२ साउन २०७८, २१ : ३७
नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा कुटपिट भएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
