बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको दुवै पक्षलाई प्रमाण पेस गर्न आयोगको आदेश

आइतबार, ०३ साउन २०७८, १७ : ३३
आइतबार, ०३ साउन २०७८

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आज भएको बहसमा निर्वाचन आयोगले दुवै पक्षलाई आ–आफ्नो प्रमाण पेस गर्न आदेश दिएको छ । 

आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले इजलास गठन गरी आजदेखि बहस सुरु गरेको छ । आज दुवै पक्षको बहस सकिएको छ । दुवै पक्षका अधिवक्ताले बहस गरेपछि निर्वाचन आयोगले आआफ्नो प्रमाण पेस गर्न आदेश दिएको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहस गरेका अभिवक्ता वीरेन्द्र ठाकुरले बताए ।

दुवै पक्षले आआफ्नो प्रमाण पेस गरिसकेपछि पुनः त्यसमा दुवै पक्षले दुई–दुई घण्टा बहस गर्ने उनले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप