शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा

बुधबार, १३ साउन २०७८, ०९ : ०७
बुधबार, १३ साउन २०७८

काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक भइरहेको रातोपाटीलाई बताए ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

 प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ । 

सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले जिम्मेवारी पाएका छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेको अवस्था छ ।

सत्तारुढ गठबन्धनमा रहेका एमालेका वरिष्ठ नेता माधव नेल समूहको निर्णय कुर्दा र जसपाको आधिकारिकता विवादले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ । तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन ।

नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर काँग्रेस, माओवादी र जसपा सम्मिलित मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । यसबारे मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष  ‘प्रचण्ड’बीच छलफल भएको थियो । 

प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि प्रचण्डले  नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप