रौतहटमा २ लाख नगदसहित ९ जुवाडे पक्राउ
शनिबार, १६ साउन २०७८, १७ : ४६
रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुबाट नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण